संखुवासभा । जिल्ला सदरमुकाम स्थित खाँदबारी नगरपालिकाले घर घरमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।
नगरपालिकाले बैंकमार्फत विवरण गरिरहेको सामाजिक सुरक्षाभत्ता घरघरमा वितरण गरेको हो । नगरपालिकाले खाँदबारीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत् भत्तावितरण गर्दै आएको थियो । दसैंअगाडि पहिलो चौमासिक भत्तावितरण गरेपछि सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिरहेको नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताए । उनले लामो समयदेखि भत्तावितरण नगर्दा एकल, अपाङ्ग, विधवा र ज्येष्ठ नागरिकहरूलाई समस्या परेकाले यस्तो निर्णय गरिएको बताए ।
कोरोनाभाइरस कोभिड १९ का कारण लकडाउनका भएपछि बैंकबाट भत्तावितरण गर्न नसकिने भएपछि नगरपालिकाले घरघर पुगेर ज्येष्ठ नागरिकलाई हातहातमा भत्ता बाँडेको खाँदबारी नगरका लेखा अधिकृत रुद्रमणि श्रेष्ठले बताए । उनका अनुसार लेखा अधिकृत श्रेष्ठका अनुसार भत्तावितरणका लागि २ करोड ५४ लाख ६० हजार रुपैयाँ खर्च हुनेछ ।
नगरपालिकाभित्रका ज्येष्ठ नागरिक, दलित, अपांग, एकल महिला र विधवा गरी ४ हजार ९ सय ६१ जनालाई भत्तावितरण गरिएको नगरपालिकाले जनाएको छ ।