झापा । झापा बिर्तामोड नगरपालिकाद्वारा स्थापित कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन कोषलाई तक्षशीला एजुकेशन फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।

तक्षशीलाले कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको हो । फाउण्डेशनकी अध्यक्ष पूजा गिरी तथा प्रिन्सिपल श्रद्धा गिरी बोहोराले कोषमा रकम दिने निर्णय गरेका थिए । निर्णयअनुरूप शुक्रबार फाउण्डेशनका सञ्चालक दीपक गिरी र मनिष गिरीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई नगद हस्तान्तरण गरे ।

त्यस्तै नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले विभिन्न विद्यालयबाट संकलन गरेको २ लाख ९० हजार ९५८ रुपैयाँ नगद कोषमा प्रदान गरेको छ । नगर अध्यक्ष युवराज कट्टेलले नगद प्रमुख शिवाकोटी र प्रशासकीय अधिकृत पशुपति खतिवडालाई प्रदान गरेका छन् । हालसम्म नगरको कोषमा एक करोड १४ लाख ८२ हजार ४०२ रुपैयाँ संकलन भइसकेको छ ।