लक्ष्मीमार्ग/मोरङको बेलवारीको डाँगिहाट युथ क्लबले बेलबारी नगरपालिकाको विपत्त व्यवस्थापन कोषमा शुक्रबार नगद एकाउन्न हजार पाँचसय रुपैयाँ जम्मा गरेका छ ।

क्लबका अध्यक्ष बिक्रम राई, उपाध्यक्ष सुधीर राई, सचिव ज्ञानुराज राई तथा सहसचिव शम्भु बस्नेतलगायतको टोलीले उक्त रकम बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीलाई हस्तान्तरण गरेका हुन् । लकडाउनमा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ नगरपालिकालाई नगद सहयोग हस्तान्तरण गरिएको क्लबले जनाएको छ । यस विपद्को अवस्थामा सहयोग गर्ने डाँगिहाट युथ क्लबलाई नगर प्रमुखले धन्यवाद ज्ञापन गरे ।