ब्लाष्टखबर । ब्रिटिश गोर्खा भूपू सैनिकहरुको संस्था अल रेजिमेन्ट एशोसियएसन नेपालले धरान उपमहानगरकाे राहत काेषमा २ लाख १५ हजारकाे खाद्यन्न हस्तान्तरण गरेकाे छ ।

धरानमा लकडाउनका कारण ज्याला मजदुरी गरी खाने परिवारकामा खाद्यान्न अभाव हुनथालेकाे भन्दै गोर्खा भूपू  सैनिकका आठवटा पल्टनकाे संयुक्त संस्था अल रेजिमेन्ट एशोसिएसन नेपालले धरान उपमहानगरपालिकको मेयर तिलक राई र उपमेयर मञ्जु भन्डारीलाई हस्तान्तरण गरेकाे हाे ।  

लकडाउनको कारण आर्थिक सङ्ककल कार्यमा निक्कै समस्या हुदाँ हुदैं पनि संस्थागत र व्यक्तिगत रूपमा आर्थिक सङ्ककलन जुटाएर हस्तान्तरण गर्न सफल भएकाे अल रेजिमेन्ट एशोसिएशन नेपालका पूर्वाञ्चलका उपाध्यक्ष अनेरी मेजर झप्तमान लिम्बुले बताए ।  

विपन्नमा खाद्मान्न अभावकाे समस्या देखिनथालेपछि नगद भन्दाँ पनि खाद्मान्न नै  राहत सहयोग दिन उपर्युक्त भएकाेले खाद्मानै उपलब्ध गराएकाे एशोसिएशनका सदस्य क्याप्टेन जगमोहन राईले बताए । 

एशोसिएशन हस्तान्तरण गरेकाे २ लाख १५ हजार ४ सय १२ काे दल र चामल बुझेपछि मेयर राईले लाहुरेहरुको शहरको रूपमा परिचित धरानकाे विकासमा गोर्खा भूपू सैनिकहरुले गरेका सहयोगहरूकाे स्मरण गर्दै  गौरवशाली इतिहास बोकेको गोर्खाे भूपू सैनिकहरुको संस्था अल रेजिमेन्टल एशोसिएशनकाे सहयाेग सहरानीय भएकाे बताए ।