धरान / प्रदेश १ प्रदेशसभा सचिवालयले चालु आर्थिक बर्षका लागि छुट्टाइएको बजेटबाट अत्यावश्यक बाहेकका अन्य शिर्षकका रकम सरकारलाई दिने निर्णय गरेको छ ।
हाल कारोना नियन्त्रण तथा रोगथाम गर्नु पर्ने प्रमुख दायित्व सरकारको भएकाले अत्यावश्यक बाहेकका अन्य याेजना कटौती गरि रकम सरकारलाई फिर्ता दिन लागेको हो । आज प्रदेशसभा सचिवालयले निर्णय गरि ९ करोड ८९ लाख, १७ हजार एकसय ८९ रुपैया सरकारलाई दिएको सभामुखका प्रमुख स्वकिय सचिव गिरीराज अधिकारीले जानकारी दिए । सो बजेटको स्वीकृती सभामुख प्रदिपकुमार भण्डारीले गरेका छन् ।
मुलुक समस्यामा परेका बेला सरकारलाई सहयोग गर्नु परेकाले बजेट कटौती गरेर सरकारलाई दिने निर्णय गरिएको सभामुख भण्डारीले जानकारी दिए ।