गजल

भगवान मेरो आमा तिमी हौ
संगीत गाना बजाना तिमा हौ

म आएँ जन्म घरैमा म आएँ
म आउने मात्र बहाना तिमी हौ

केही छ त एक तिमी मात्र एक
स्वादिष्ट खाना सम्झना तिमी हौ

चाहिन्न स्वर्ग वा सुख मलाई
एक मात्र मेरो चाहाना तिमी हौ

सय हजर ती कलाहरुको
ईस्वर मेरो सृजना तिमी हौ

बेलबारी, मोरङ