धरान । धरानको एरिया वेल्फेयर सेन्टरले एक लाख २० हजारभन्दा बढी रकमको आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।

धरान उपमहानगरको राहत कोष तथा फुड बैंकमा सेन्टरले बुधबार खाद्यान्न र आर्थिक सहयोग गरेको हो । सेन्टारले १ लाख २० हजार ५०० रुपैयाँको खाद्यान्न र आर्थिक सहयोग गरेको हो । गोर्खा वेल्फेयर ट्रष्ट अन्तर्गत एरिया वेल्फेयरले कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रकम मध्ये उन्साठ्ठी हजार ६ सय बराबरको खाद्यान्न वितरण गरेको हो । त्यस्तै ५० हजार ५ सय रुपैयाँ कोरोना रोकथाम नियन्त्ररण तथा उपचार राहत कोषमा सहयोग गरिएको सेन्टरका सिनियर अफिसर पूर्णप्रसाद लिम्बूले बताए ।

कोरोनाका कारण ज्यालामजदुरी गर्नेहरूको दैनिक जीविकोपार्जनमा समस्यालाई मध्यनजर गर्दै सहयोग गरिएको उनले बताए । राहत सामग्री र रकम धरानका मेयर तिलक राई, उपमेयर मन्जु भन्डारी सवेदीलाई हस्तान्तरण गरियो । कार्यक्रममा सिनियर अफिसर पूर्णप्रसाद लिम्बू, मेडिकल विभागका प्रमुख वीरबहादुर लिम्बू, ग्रामीण खानेपानी तथा सरसफाइ विभागका प्रमुख बुद्धबहादुुर गुरूङले हस्तान्तरण गरे ।

photo  1