ब्लाष्टखबर । संक्रमणकाे भयले  एक हप्तादेखि बन्द रहेको धरान १३ स्थित कृषी उपज बजार बुधबारबाट खुल्ने भएको छ । कृषी बजारका एक व्यापारीका आफन्त भारतबाट आएर विरामी भए पछि र बढि भीड भए पछि बन्द रहको कृषी उपज बजार धरानवासीकाे सहजताका लागि  मंगलबार धरान उपमहानगरपालिकाको उच्चस्तरीय बैठकले पुन सञ्चालन गर्ने निणर्य गरेकाे थियाे । 

धरान आसपास तथा पहाडी क्षेत्र, तथा सुनसरी र मोरङका स्थानीय उत्पादनमात्र ल्याएर विक्री गरिने गरी खुल्न लागेको  कृषी उपज बजार स्थलका व्यावस्थापक लक्ष्मण भट्टराईले जनाए । कृृषी उपजमा बुधबार नै ३० टन बराबरको तरकारी संकलन भएकाे छ । विहान ९ बजे भित्र बजारबाट लाने गरी खुलाइएकाे उनले बताए ।

उपजमा धनकुटाको सिजुवा, सिहदेवि, याङ्सिला बुढीमोरङ कटारी, पथरी शनिश्चरे राजवासलगयतबाट तरकारी  आयत गरिदैं आएकाे छ । उपजमा तरकारी विक्री गर्नका लागी अन्य जिल्लाकाले सहकारी समुहका कृसकहरुको हकमा समुहको चिठ्ठी सहीत आउनुपर्ने छ भने, एकल कृषकले भने वडा समितिको सिफरिस लिनुपर्ने भट्टराईले बताएका छन् । उनले भने ‘ हामीले स्थानीय उत्पादनलाई वढि महत्व दिएका छौ। भारतबाट आयत गदैंनाैं ।’

उपज पुन संञ्चालन भएसंगै धरान उपमहानगरपालिका भित्र विक्रीकालागी स्वीकृत लिएका पुराना विक्रेताहरुको सिफरीस खारेजी गरेएको भटटराइले जनाएका छन् । उनले उपमहानगर भित्र तरकारी विक्रिका लागी पुन वडा कार्यलयबाट फोटोसहतिको सिफरीस लिनुपर्ने बताएका छन् । जसका लागि सम्पूर्ण वडा कार्यालयमा जानकारी गराइसकेको छ । वडाको सिफरिस पाएका विक्रेताहरुले कृषी उपजले तय गरेको मुल्य सुचीसहित टाँसेर सोही मुल्य अनुरुप विक्री गर्नु पर्ने भट्टराईले बताएका छन् ।