ब्लाष्टखबर । बराहक्षेत्र नगरपालिका कृषि शाखाले नगर भरिका कृषकहरुले उत्पादन गरेको तरकारी बिक्री वितरण गर्ने भएको छ ।

नियम विपरित र बजारमा भिड भाड बड्न थालेकाे भन्ने गुनासाे आए पछि बराहक्षेत्र नगरपालिका वडा न. ६ स्थित साझा भवनको प्रङ्गनमा बिक्री वितरण गर्ने भएको हाे ।

 देश लकडाउनमा गएको ४ हप्ता बितिसक्दाँ नेपालमा संक्रमीतकाे संख्या बढ्दै गएकाेले त्यसलाइ राेकने थप लकडाउनको विकल्प पनि नरहेको बताउदै उपभेक्तालाइ सहज रूपमा शाखाले अाफैले विक्री वितरण गर्न लागेको कृषि शाखाका कर्मचारी निर बहादुर दिपशाली राइले बताए । 

उनले नगर प्रमुख निलम खनाल आर्थिक विकास समितीको सम्योजक एवम बराहक्षेत्र नगरपालिका वडा न.८ का वडा अध्यक्ष  फणिन्द्र प्रसाद भट्टराई लगायतले वडा न. ८ र ९ का  कृषकहरूकाे खेत बारीमै गइ उत्पादनकाे अनुगमन तथा निरिक्षण समेत गरेकाे बताएका छन्

नगर भरी उत्पादन भएका तरकारीहरूमात्र बिक्री गरीने उक्त स्थानमा प्रतेक दिनहरु ६ वजे देखि ९ वजे सम्म र वेलुका ४ वजे देखि ७ वजे सम्म उपभेक्ताले खरीद गर्न पाउने छन् ।