धरान  / उदयपुरबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन परीक्षण्का लागि ल्याइएका ८ जनालाई नमुना संकलन पछि विराटनगरस्थित कोरोना अस्पताल लगिएको छ ।

कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि ८ जनाको स्वाबको नमुना पुन परीक्षणका लागि आज दिउसो प्रतिष्ठान ल्याइएको थियो । वीपीको रिर्पोटमा पनि पोजेटिभ नै आएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना प्रदेश १ मा   पोजेटिभको संख्या २३ पुगेकाे  पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य     महाशाखा प्रमुख डा‍ सुरेश मेहताले जानकारी दिए । 
यस अघि १३ जनालाई विराटनगरमा राखिएको छ । उदयपुरमा १३ जनासँग नजिक रहेका ६९ जनाको स्वाबको नमुना ल्याएर परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको थियो । वीपीमा पुन परीक्षणमा पनि पोजेटिम देखिएको हो ।