धरान / छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढेर गएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार ६१५ जना संक्रमित हुन पुगेका छन् । २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार विहानसम्म भारतमा कोरोना भाइरसबाट ५ सय ५९ जनाको मृत्यु भएका छ । पछिल्लो २४ घण्टामा भारतमा यो भाइरसको कारण ३५ जनाको मृत्यु भएको हो । मृत्यु र संक्रमण दर निरन्तर बढि रहेको भारतीय सञ्चार मात्तयमहरुले जनाएका छन् । महाराष्ट, मध्य प्रदेश, गसजारात र नयाँ दिल्लीमा बढि संक्रमण फैलिएको छ ।
महाराष्ट्रमा अहिलेसम्म दुई सय २३ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ६३, दिल्लीमा ४५ जनाको मृत्यु भएको बताइएको छ ।
संक्रमित मध्य दुई हजार ५ सय ५४ संक्रमित निको भएर घर फर्केका छन् । विश्वमा १ लाख ६५हजार ७३ जनाको मृत्यु भइसकेको छ । २४ लाख ७हजार ४१४ जना संक्रमित छन् । सबै भन्दा बढि अमेरिकमा ७ लाख ६४ हजार भन्दा बढि संक्रमित छन् भने ४० हजार भन्दा बढिको मृत्यु भइसकेको छ । स्पेनमा २३ हजार बढि, इटालीमा २०हजार बढिको मृत्यु भइसकेको छ ।
कहाँकति मरे तथ्याङ्क हेर्नुहोस् ।