धरान / लकडाउनको बेला भारतकाे महाराष्ट्रको पालघरमा तीन जना साधुको हत्या भएको छ । बिहीबार भएको हत्या आरोपमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कठोर दण्ड दिने घोषणा गरे पछि प्रहरीले अनुसन्धान तिव्र पारेको छ ।
भारतीय समाचार च्यालन आजतकका अनुसार पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटेर हत्या गरेका थिए । मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु छन् । उनीहरुको गाडी चलाउने ३० वर्षीय चालकको पनि हत्या गरिएको छ ।