उर्लाबारी/लकडाउनको सामना गरिरहेका उर्लाबारीका कृषि क्षेत्रका कृषकहरूले फौजी किराकाे पनि सामना गरिरहनु परेकाे छ ।

नगरले यस वर्ष बिषादीका लागि मात्र ४ लाख ५० हजार बजेट बिनियोजन गरे पनि बालीनालीमा पनि संक्रमण फैलिएकाे छ । मकैको गूभोमा लाग्ने फौजी किराका कारण खेती प्रभावित हुन थालेपछि फौजी किरा नष्ट गर्ने किटनाशक बिषदी निःशुल्क वितरण गर्न थालिएको कृषि शाखाका प्रमुख अम्बिकाप्रसाद लुइटेलले बताए । 

मकैको गूभाेमा र चैते धानमा समेत लाग्ने उक्त किराका कारण अधिकांश कृषकका मकै र धान प्रभावित हुन थालेकाे छ । किसानलाइ पदगम नामक किटनाशक बिषादी निम्नतम १०० मिलिदेखि खेती लगाएका आधारमा वितरण गरीएको हो । उर्लाबारी–४ का मोहोनचन्द्र खड्काले आफूले सवा एक बिघा क्षेत्रफलमा लगाएको मकैमा फौजी किरा लागेर बोट सुक्न थालेकाे बताए । 

नगरलाई खाध्यान्न क्षेत्रमा आत्मनिर्भर बनाउने नगर प्रमुख खड्ग फागोको महत्वकांक्षी योजना यो वर्ष विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमण तथा रोकथामका लागि गरिएको लकडाउनबाट समयमा कृषिजन्य सामाग्री तथा औजार आयत नभएका कारण प्रभावित हुने संभावना भए पछि कसरी कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गर्ने विषयमा परामर्श भइरहेकाे शाखाका प्रमुख लुइटेलले बताए ।