उर्लाबारी । लकडाउनका कारण उर्लाबारीको कृषी क्षेत्र प्रभावित हुदाँ यस बर्ष खाध्यन्न उत्पादनमा कमी आउने पक्का भएको छ ।
चालु आर्थीक बर्षमा लकडाउनका कारण कृषकहरुलाई लक्ष्यीत कार्यक्रमको बजेट खर्च गर्ने अवस्था नभएको बताउदै कृषी शाखाका प्रमुख अम्बिकाप्रसाद लुईटेलले कृषकहरुलाई आवश्यक पर्ने बिउ, बिजन, बिषादी, मल, खाद सहितका कृषी सामाग्री र औजार समेत उपलब्ध गराउन नसीएको बताएका छन ।
नगरमा करिब २ हजार हेक्टर कृषी योग्य जमिन रहेको छ । नगर प्रमुख खड्ग फागोले खाध्यन्नमा नगरलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत गुरु योजना निर्माण गरी कृषी क्षेत्रलाई प्राथकिता दिएर कार्यक्रम अगाडी बढाएता पनि नेपाल र भारत दुवै देशले कोरोना बिरुद्ध लकडाउन गर्दा आयात हुने मल, खाद, बिउ, बिजन, कृषी औजारहरु समयमा आयात हुने अवस्था नभएका कारण प्रभावित हुने निश्चित भएको प्रमुख लुईटेलले बताएका छन ।