लक्ष्मीमार्ग/सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुरी गर्ने बेलवारी ११ लक्ष्मीमार्गका १० परिवारलाई युवा विवश राईले खाद्यान्न राहत स्वरूप सहयोग गरेका छन् । 
 
विवसले व्यक्तिगत रूपमा सनिवार १० घर परिवारलाई २५ केजी चामल, १ लिटर तेल, दाल १ केजी ५०० ग्राम, नुन १ केजी र सोयाविन २५० ग्रामका दरले अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको स्थानीय नवीन घिमिरेले जानकारी दिए । विवशले यसअघि पनि अन्य थुप्रै सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको घिमिरे बताउँछन् ।