उर्लाबारी/मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद् घनश्याम खतिवडाले उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेका छन् ।
सांसद् खतिवडाले शुक्रबार नगरपालिका नगर प्रमुख तथा विपद् व्यवस्थापन कोषका संयोजक खड्ग फागोलाई नगद १२ हजारसहित १ सय ५० थान सर्जिकल माक्स सहयोग गरे । सांसद् खतिवडाले इलाका प्रहरी कार्यालय उर्लाबारीलाई १ सय ५० थान एवम् मंगलबारे अस्पताललाई २ सय थान माक्स प्रदान गरेका हुन् ।
लकडाउन कारण प्रभावित बनेका विपन्न परिवारको लागि खाद्यान्न एवम् कोरोनाभाइरसको रोकथाममा सघाऊ पु¥याउने उद्देश्यले व्यक्तिगत सहयोग प्रदान गरेको उनले बताए । नगरको विपद् कोषमा नेपाल आदिबासी जनजाति महासंघ नगर समिति उर्लाबारीले पनि ५० हजार, उर्लाबारी–८ का कमल लिङ्देनले १० हजार, उर्लाबारीका दीपेश खड्काले १० हजार र उर्लाबारी–४ का प्रेमराज राईले ७ हजार ५५ रुपैया“ सहयोग प्रदान गरेको नगरपालिकाले जनाएको छ ।