धरान / सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित नडाहा भरौलबाट धरान दुध बेच्न धरान आउनेहरुलाई भोलीदेखि बन्द गरिने भएको छ ।
आज धरान उपमहानगरपालिकाको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । मेयर तिलक राईको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले धरानका सबै नाकालाई शिल गर्ने निर्णय गरेको छ । पास वाहेकका कुनै पनि सवारीलाई संचालन गर्न निषेध गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

दुध तरकारी आयत बन्द

बैठकले नडाहा, भरौललगायत स्थानबाट आउने दुध तथा तरकारी धरान ल्याउन रोक लगाएको छ । धरानमा विहानै दुध ल्याएर घर घर पु¥याउन रोक लगाएको छ । तर संकलन गरेर गाडीमा एकमुष्ट ल्याइ डेरीमा बुझाउन भने नरोकिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना संक्रमण पुष्टि भए प पछि धरानमा यस्तो कडाई गर्ने निर्णय भएको हो । शंकास्पद व्यक्तिहरु वीपी प्रतिष्ठानमा चेकजाँचमा आउने भएकोले संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्ककताको लागि बैठक बसेर यस्तो निर्णय गरिएको मेयर राईले जानकारी दिएका छन् ।

खाद्यान्न पसल ९ बजेसम्म खोल्न पाइने
धरान भित्र अत्यावश्यक खाद्यान्नलगायत सामान बेच्दैं आएका व्यवसायलाई विहान ९ बजेसम्म सामाजिक दुरी कायम गरि विक्रि वितरण गर्न दिने निर्णय भएको छ । सुरक्षित तरिकाले किनमेल तथा विक्रि व्यवस्था मिलाउन भनिएको छ ।
तरकारी घर घरमा पु¥याउने
धरान बाहिरका तरकारी आयतलाई रोक लगाए पनि धरान भित्रका तरकारी साना व्यवसायीहरुले डोकोमा बोकेर घर घरमा लगि विक्रि गर्ने व्यवस्था मिलाइएको छ । अन्य व्यवसायीहरुलाई तरकारी लगायतका बस्तु वित्रmि वितरण गर्न रोक लगाइएको छ ।
तीन वटा कम्पनिलाई होम डेलिभरी अनुमति
बराह डिपार्टमेन्ट स्टोर, गोरखा र भाटभाटेनीलाई होम डेलिभरीका लागि अनुमति दिइएको छ । सुलभ दाममा धरानबासीलाई आवश्यक सामान घर घरसम्म पु¥याउन अनुमति दिइएको हो ।

जिल्ला प्रशासनको पास हुनेलाई मात्र आवतजावतको अनुमति
बैठकले जिल्ला प्रशासन कार्यालयको पास हुनेलाई मात्र आवतजावतको अनुमति दिइएको छ । धरान प्रवेश गर्ने तीनकुने, पटनालीलगायतको नाकामा आवतजावतलाई पूर्ण रुपमा बन्द गरिएको छ ।

बैठकमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल, इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, इप्रकाका डिएसपी ढुण्डीराज न्यौपाने, सशस्त्र प्रहरीका डिएसपी राजेन्द्र श्रेष्ठ, सैनिक आावसिय विद्यालयका शैलेन्द्र सिलवाल, कृष्णदल गण फुस्रेका रञ्जित केसीलगायत विभिन्न कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।