यासोक / पाँचथरको कुम्मायक गाउ“पालिकामा अत्याआवश्यक सेवा संचालनमा आएका छन । लकडाउनको कारण नागरिकमा समस्या देखा पर्न सक्ने भन्दै गाउँपालिकामा अत्याआवश्यक सेवा संचालनमा आएका हुन । गाउ“पालिका केन्द्रको मेगा बैङ्क शाखा, हाम्रो बचत तथा ऋण सहकारी संस्था र साहारा नेपाललगायतका शाखाले सेवा प्रभाह गर्न थालेका छन । लकडाउनको समय थपिएकाले आर्थिक समस्या हुने भन्दै कार्यालयहरुले सेवा प्रभाह संचालनमा ल्याएका हुन ।
बजारमा रहेको मेगा बैङ्क शाखा यासोकले नागरिकको मागलाई ध्यानमा राख्दै कार्यालय संचालनमा ल्याएको शाखा प्रमुख छत्रपती निरौलाले जनाए । बैङकले दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म कार्यालय संचालन गर्दै आएको छ । त्यस्तै हाम्रो बचत ऋर्ण सहकारी संस्थाले पनि दैनिक ११ देखि २ बजेसम्म कार्यालय संचालन गर्दै आएको संस्थाका व्यवस्थापक मेघराज निरौलाले बताए ।
गाउँपालिकाले बजारमा खाद्यान्न खरिद बिक्रिका लागि निश्चित समय कायम गरेको छ । दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीको लागि नागरिकले दैनिक ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएको छ । दुरी कायम गरी खाद्यान्न र अत्याआवश्यक वस्तुको खरिद बिक्री गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीको लागि गाउ“पालिकाले दैनिक बिहान ८ बजेदेखि १० सम्म र दिउसो २ देखि ४ बजेसम्म समय तोकेको छ । वडाबाट गाउँपालिकामा खाद्यान्न खरिदको लागि वडा र गाउ“पालिकाबाट अनुमति लिएर मात्रै गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।