ब्लाष्टखबर । धरान उपमहानगरपालिकाले काेराेना नियन्त्रणमा गरेकाे प्रयास तथा राहत वितरण र संकलन तथा पारदर्शीताका बारेमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूसँग शुक्रबार छलपफल गरेकाे छ । 

एक नम्बर प्रदेश सभामुख प्रदीप भण्डारी, प्रतिनिधि सभा सदस्य जयकुमार राई, मीन विश्वकर्मा, प्रदेश सभा सदस्यहरू भीम आचार्य सावित्रि श्रेष्ठ, उमिता बराईली, चन्द्रप्रसाद श्रेष्ठलगायतकाे उपस्थितिमा काेराेना नियन्त्रणका लागि उपमहानगरले हालसम्म गरेकाे कामबारे  उपमहानगरका मेयर तिलक राई, उपमेयर मन्जु भण्डारीले जानकारी गराएका थिए । 

धरान उपमहानपालिकाकाे तर्फबाट कोरोना भाईरस नियन्त्रणका लागि  अाइसाेलेसन तथा क्वारेन्टाइनकाे निर्माण तथा नगर भित्र अन्य देशबाट आएकाहरूकाे पहिचान र उनीहरूकाे स्वास्थ्य अवस्थाका बारेमा छलफल भएकाे  मेयर राईले बताएका छन् । उपमहानगरले उनीहरूबाट सुझावसमेत लिएकाे थियाे ।

यस अघि बिहिबार उपमहानगरले कोरोना भाइरसकाे रोकथाम, नियन्त्रण, उपचारका साथै  राहत संकलन तथा बितरणमा गरेको कामहरु जानकारी गराउदै प्रदेश सरकारलाई प्रगति प्रतिवेदन पेश गरेको थियाे ।