यासोक पाँचथर /  चैत ११ गतेदेखि मुलुक लकडाउनको अवस्थामा छ । विश्वभरी फैलिएको कोरोना संक्रमणलाई नेपालमा आउन नदिन नेपालले पनि लकडाउन गरेको छ । शहर बजारमा लकडाउनले स्थानीयलाई प्रत्यक्ष असर गरे पनि गाउँघरमा लकडाउनको खासै प्रभाव देखिएको छैन् ।
ग्रामिण क्षेत्रमा भने कुनै भय र त्राश छैन । दैनिक जीवन यापन मै किसानहरु व्यस्त देखिन्छन । खेतीको सिजन भएकाले मकै छर्ने, बारी जोत्ने र अदुवा रोप्ने किसानलाई चटारो छ । उनीहरुले रेडियो टेलिभिजनमा मात्र कोरोनाबारे सुनेका छन् । अनि स्थानीय सरकारले राहत बाढेको सम्म थाहा पाएका छन् । अन्य विषयमा उनीहरु बेखवर छन् ।
सरकारले सामाजिक दुरी कायम गर्नुपर्छ भन्ने नियम गाउँमा लागु भएको छैन । खेतीपातीको सिजन भएकाले समुहमा मिलेर काम गर्ने प्रचलन छ । सहरको चहलपल गाउँमा बाक्लिएको छ । कोरना भाइरस (कोभिड १९) को त्रास विश्वभर फैलिरहेका बेला गाउँमा फुर्सद निकाल्न गाह्रो हुने गरेको किसानको भनाई छ । ‘खेतीको सिजन छ । वर्षभरी खाने अन्न लगाउँने बेला आएको छ ।’– कुम्मायक ५ का स्थानीय हरिप्रसाद थापाले भने । दैनिक काम काजमा व्यस्त भए पनि सरसफाइमा ध्यान दिनुपर्छ भन्ने कुरा संचार माध्यमले भन्दै आएको उनले बताए ।
यति बेला पाँचथरसहित पूर्वी पहाड र तराइमा खेतीको सिजन छ । पहाडमा मकै लगाउन स्थानीय व्यस्त छन् । गाउँमा भएका चोक, खेलमैदान, पसलमा दिन भरीको काम सकेर जम्मा हुने गरेको संख्या पनि कम छैन । यस्तो अवस्थामा स्थानीय तहले ग्रामिण क्षेत्रमा उच्च सतर्कता अपनाउँनु पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन । किसानलाई काम गर्दा दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, र गाउँमा नयाँ मानिस भेटिएमा प्रसाशनमा जानकारी दिन स्थानीय तहले सचेतना फैलाउँनु पर्ने तर गाउँगाउँसम्म फैलाउन नसकेको स्थानीस्य बताउछन् । प्रकोपमा धेरै हतसम्म सहर भन्दा गाउँ सुरक्षित हुन्छ । त्यसैले पनि गाउँमा भय र त्रास बिनै कृषि कर्ममा किसान व्यस्त भएका कुम्मायक ३ का वडा अध्यक्ष रामप्रसाद गजुरेलले बताए । शहरबाट मानिसहरु भागेर गाउँ नआए गाउँ सुरक्षित रहने उनको भनाई छ । यहाँका स्थानीयलाई नियन्त्रण गर्ने भन्दा पनि हामी चाही शहरबाट गाउँ पूने नाका बन्द गर्न लागेको उनी बताउछन् ।