उर्लाबारी / उर्लाबारी नगरपालिकाले सहयोगी दाताहरुलाई नगद नै प्रदान गर्दा राहत वितरणमा समानता आउने बताए पछि नगद सहयोग गर्नेको संख्यामा बृद्धि भएको छ ।
नगरपालीकाले कोरोना भाईरस रोकथाम तथा लकडाउनबाट प्रभावित बनेका विपन्न परिवारलाई खाध्यन्न उपलब्ध गराउनको लागि स्थापना गरेको नगर विपद व्यवस्थापन कोषमा चैत्र ३० गते देखि २०७७ बैशाख ३ गतेसम्म ४ लाख ३६ हजार १ सय नगद जम्मा भएको छ ।

यसरी नगद प्रदान गर्नेहरुमा बेतिनी सामुदायिक बन उपभोक्ता समुह उर्लाबारी–२ ले एक लाख एक हजार, सहारा नेपाल सहकारी उर्लाबारी शाखाबाट ५० हजार, उर्लाबारी–७ घर भई हाल काडमाण्डौ बस्दै आएका चन्द्रबहादुर लिम्बु र रेशम श्रेष्ठले संयुक्त रुपमा ५० हजार, उर्लाबारी–४ का व्यवसायी डिल्ली खतिवडाले ५० हजार,उर्लाबारी–७ का व्यवसायी जीवन महत्तोले २५ हजार, संघीय लोकत्रान्त्रिक राष्ट्रिय मञ्च उर्लाबारीले २० हजार सहयोग गरेका छन् ।

यस्तै मञ्चकै जिल्ला सचिवालय सदस्य रामकुमारी आङबुहाङले १० हजार, जयश्री कंक्रिट उद्योग सुन्दरहरैचाले ३५ हजार, अनिल महेश्वारी(चाण्डक) परिवार उर्लाबारी–६ बाट २५ हजार, मिक्लाजुङका युवा व्यवसायी बबी राईले २० हजार, ग्लोवल युवा क्बल आईतबारेबाट १० हजार १ सय, उर्लाबारी–४ का व्यवयायी उमेश धिमालले १० हजार, शाक्य लाखे जात्रा उर्लाबारीले १० हजार उपलब्ध गराएको नगरपालिका जिन्सी शाखाका प्रमुख नगेन्द्रप्रसाद तिम्सिनाले बताएका छन ।

यसरी नै सो अवधिमा उर्लाबारी हङकङ समाजले १ हजार ८ सय केजी चामल ,१ सय लिटर तेल, २ सय केजी दाल, एक केजी नुन एक सय पिस सावुन, आधुनिक च्यायू उद्योग उर्लाबारी–३ का संचालक उदयचन्द्र श्रेष्ठले ८ सय २५ केजी चामल, उर्लाबारी–५ निवासी मानबहादुर फागोले २ सय ५० केजी चामल, १० केजी दाल र ५ लि. तेल उपलब्ध गराएका नगरपालिकाले जनाएको छ ।
कोषका संयोजक मेयर खड्ग फागोले सहयोगी दाताहरुले दिएको र नगरपालिकाले खरिद गरेको खाद्यान्न अलग अलग ब्राण्डको हुदाँ विभेद भएको जस्तो देखिने भएकाले सहयोगीदाताहरुलाई नगद नै उपलब्द गराउन आग्ह मेयर फागोले गरेका छन् ।