लक्ष्मीमार्ग/कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा बेलबारी १० भाउन्ने घरभई हाल जापानमा रहेका डिकबहादुर घिमिरे २५ परिवारको लागी राहत बितरण गरेका छन् ।

दैनिक ज्यालादारी मजदुरी गर्ने भाउन्नेका विपन्न २५ घर परिवारलाई १५ केजी चामल, १ लिटर तेल, साबुन १ डल्ला, दाल १ केजी, नुन १ केजी लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएको स्थानीय मदन भण्डारीले जानकारी दिए । विदेशमा रहेर पनि डिक बहादुरले भाउन्नेमा हुँदै आईरहेको गोल्डकप लगायत अन्य थुप्रै सामाजीक कार्यहरुमा पनि सहयोग गर्दै आईरहेको भण्डारी बताउछन् ।