धनकुटा / विश्वब्यापी रूपमा डरलाग्दो महामारीको फैलिएको नोबेल कोरोना (कोभीट–१९) को भाइरस विरुद्धको अभियानमा धनकुटामा मंगलवार निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन (ऋद्यब्) धनकुटाको अगुवाईमा माक्स हस्तान्तरण गरिएको छ ।
आधिकारिक ट्रेड युनियन धनकुटाको अगुवाईमा राष्ट्रियस्तरको ट्रेड युनियनहरु नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्य समिती धनकुटाको सयुक्त सहयोगमा जिल्ला बिपत ब्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यलय धनकुटा मार्फत जिल्ला अस्पताल धनकुटालाई २ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको हो ।
सर्जिकल माक्स हस्तान्तरण कार्यक्रममा आधिकारिक ट्रेड युनियन धनकुटाका अध्यक्ष गोबिन्द खत्री, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष रामकृष्ण सुबेदी (भुबन) र नेपाल निजामती कर्मचारी युनियन (संघ)का जिल्ला अध्यक्ष खिर बहादुर बुढाथोकी समेतले नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमिति निर्बाचन आयोगका संयोजक जयराम श्रेष्ठको उपस्थितिमा जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीलाई हस्तान्तरण गरका हुन् । सो अवसरमा जिल्ला प्रशासन कार्यलय र जिल्ला बिपत ब्यवस्थापन समितीद्वारा जिल्ला अस्पताल धनकुटाका प्रतिनिधिलाई माक्स हस्तान्तरण गरिएको कर्मचारी संगठन धनकुटाका अध्यक्ष रामकृष्ण सुबेदीले जानकारी थिए ।