उर्लाबारी । लकडाउनका कारण तिन साता देखि बन्द गरिएका नगरका चार दर्जन सहकारी संस्थाहरु दैनिक २ घण्टा खुल्ने भएका छन ।
सहकारी सञ्जाल उर्लाबारीको बुधबार भएको बृहत छलफलले अत्यावश्यक सेवा अन्र्तगत नगर क्षेत्रका सहकारीले शेयर सदस्यहरुलाई लकडाउनको समयमा पनि सेवा दिने निर्णय गरिएको सञ्जालका अध्यक्ष सिता कार्कीले बताएकी छिन ।
सो छलफलले प्रत्येक हप्ताको सोमबार बिहीबार बिहान ७ देखि ९ बजे सम्म सहकारी खुलाउने निर्णय हुनुको साथै सो अवधिमा शेयर सदस्यहरुलाई अधित्तम दश हजार सम्म निक्षेप फिर्ता गर्ने र व्याज बुझाउने शेयर सदस्यहरुलाई लकडाउन अविधिको जरिवाना नलिने निर्णय भएको अध्यक्ष कार्कीले बताएकी हुन ।