संखुवासभा । कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनको अवधिमा चार एकल महिलालाई एक युवाले राहत वितरण गरेका छन् ।

स्थानीय सरकारको मापदण्डभित्र नपरेका चार जना एकल महिलालाई सिलिचोङ गाउँपालिका–३ का युवा उमेश चाम्लिङले खाद्यान्न वितरण गरेका छन् । चाम्लिङले व्यक्तिगत खर्चमा सिलिचोङ गाउँपालिका–३ ताम्कुका चत्तुरमाया, रामकुमारी, पञ्चमाया र पवित्रा कुलुङलाई खाद्यान्न सहयोग गरेका हुन् । प्रतिव्यक्ति १५ किलोग्राम चामलसहित तेल, नुन, चिनी र चियापत्ती वितरण गरे ।

उक्त क्षेत्रका चार जनालाई राहतको अत्यावश्यक रहेको सुनेपछि आफँैले स्थलगत निरीक्षण गरेर आफ्नै खर्चमा खाद्यान्न उपलब्ध गराएको दाता चाम्लिङले बताए । उनले अझै अरू कोही समस्यामा परेको भए सम्पर्क गर्न अनुरोध गरेका छन् ।