मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिकाको बिपद् व्यवस्थापन तथा राहत कोषमा सहयोग गर्ने दाताहरुले सहयोग गर्ने क्रम बढ्दै गएको छ । आइतबार गाउँपालिकाको बिपद् व्यवस्थापना तथा राहत कोषमा नगद २० हजार , ९०० केजी चामल र ५० केजी नुन जम्मा भएको छ ।

मिक्लाजुङका युवा व्यवसायि तथा देवीथान क्रशर उधोगका संचालक बबी कुमार राईले आइतबार मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालीका लाई नगद २०–२० हजार हस्तान्तरण गरेकाछन । युवा व्यवसायि बबी राईको पहलमा यस अघि नै मिक्लाजुङका १०० घरका अति बिपन्न, न्युन आय भएका र दैनिक ज्यलादारी गरि गुजार चालउने परिवारलाई २० केजी चामल, १ केजी दाल र १ पोका तेल हस्तान्तरण गरेका थिए ।

त्यस्तै मिक्लाजुङ गाउँपालिकालाई कोशी ट्याक्टर संघ मधुमल्ला शाखाका अध्यक्ष रामचन्द्र थापा मगरले कोशी ट्याक्टर संघ मधुमल्ला शाखाको तर्फ बाट नगद २० हजार मुल्य बराबरको खाध्य सामग्री चामल हस्तान्तरण गरेकाछन । थापा मगरले आइतबार गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यलाई हस्तान्तरण गरेका थिए ।

आइतबार नै बैश्य युवा क्लब मिक्लाजुङका अध्यक्ष मुकेश साहा सहितको टोलीले ४०० केजी चामल र ५० केजी आयोडिन युक्त नुन गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यलाई हस्तान्तरण गरेका छन ।

कोरना भइरसकोका कारण लकडाउनका कारण दैनीक ज्यालादारी गर्ने र अति बिपन्न तथा गरिब परिवारका सदस्यहरुलाई राहत वितरणमा सहयोग पु¥याउने उदेश्यले नगद तथा राहत खाध्यन्ह सामग्री हस्तान्तरण गरिएको दाता बबी राईले बताए ।

सरकारले तोकेको एकद्धार प्रणली माफर्त राहत वितरण गर्दा प्रभावकारी र बिपन्न बर्गाका नागरिकहरु सम्म राहत पु¥याउन समेत सहज हुने भएकाले स्थानीय सरकारलाई उक्त सहयोग उपलब्ध गरीएको कोशी ट्याक्टर संघ मिक्लाजुङका अध्यक्ष रामचन्द्र थापा मगरले बताए ।