पाँचथर/पाँचथर उद्योग वाणिज्य संघले स्थापना गरेको खाद्य बैंकमा सात हजार १५५ किलो चामल संकलन भएको छ ।
त्यस्तै तीन लाख ५३ हजार रुपैंयाँ नगद जम्मा भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका मजदुर र विपन्न परिवारलाई सहयोग गर्न संघले खाद्य बैंक स्थापना गरेको थियो । त्यसै गरी खाद्य बैंकमा २७० किलो नुन, २४५ किलो दाल र दुई सय लिटर खानेतेल समेत संकलन भएको छ । खाद्य बैंकमा पाँच लाख २० हजार रुपैंयाँ बराबरको सामग्री संकलन भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले बताए ।
उनका अनुसार संकलन भएको खाद्यान्ह लकडाउन प्रभावितहरुसम्म पु¥याउन फिदिम नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगद भने फिदिम नगरपालिका बाहेक जिल्लाका सात वटा गाउँपालिकालाई ५१ हजार रुपैंयाँका दरले हस्तान्तरण गरिने संघका महासचिव नवराज घिमिरेले बताए । खाद्यान्ह संकलनकार्य तत्काललाई स्थगित गरिए पनि नगद जम्मा गर्न चाहनेहरुले भने अझै जम्मा गर्न सक्ने संघले जनाएको छ ।