धरान । धरान उपमहानगरपालिकाको ‘फुड बैंक’ मा धरान कानून व्यवसायी क्लबले ७० हजार रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ ।
क्लबले फुडबैंकमा १६ सय केजी चामल र ६२ पोका नुन वितरण गरेको हो । धरान उपमहानगरका मेयर तिलक राईलाई नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मानबहादुर रुम्दाली र क्लबका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले चामल हस्तान्तरण गरे । क्लबका आवद्ध २९ जना कानून व्यवसायीबाट रकम सङ्कलन गरिएको थियो ।