धरान । लोक–लक्ष्मी स्मृति प्रतिष्ठानले नेपाल रेडक्रस सोसाइटी सुनसरीका एम्बुलेन्स चालकहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) का लागि रकम प्रदान गरेको छ ।
कोरोनाको संक्रमणको बेला अहोरात्र खटिएका एम्बुलेन्स चालकहरूलाई प्रतिष्ठानले २५ हजार रुपैयाँ पीपीइ खरिदका लागि रकम प्रदान गरेको हो । प्रतिष्ठानका संरक्षक इन्द्रप्रसाद श्रेष्ठका छोराहरूले रकम उपलब्ध गराएको हो ।
रकम श्रेष्ठका कान्छा छोरा रञ्जीव श्रेष्ठले जिल्ला रेडक्रसका सभापति उमेश थापालाई रकम प्रदान गरे । मावनीय सेवामा खटिने एम्बुलेन्स चालकलाई पीपीइ खरिदमा सहयोग गरेको भन्दै सभापति थापाले धन्यवाद ज्ञापन गरे । रेडक्रसमा दुई वटा एम्बुलेन्स सञ्चालन रहेको छ । रेडक्रसको ३ जना एम्बुलेन्स चालक रहेको जिल्ला सदस्य श्याम पोखरेलले जानकारी दिए ।
उनका अनुसार रेडक्रसले केही दिनअघि नै चालकलाई लक्षित गर्दै ४३ हजार रुपैयाँ बराबरको पीपीइ खरिद गरेको थियो । आज प्राप्त भएको रकम पनि सोही प्रयोजनमा खर्च गरिने भएको हो ।