मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा एकै दिन दुई लाख पचास हजार रुपैयाँ जम्मा भएको छ ।
मोरङ क्षेत्र नं. १ क का प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा कुशलले मिक्लाजुङ गाउँपालिकाको विपद् व्यवस्थापन राहत कोषमा ५० हजार रकम जम्मा गरेका छन् । शुक्रबार मिक्लाजुङ गाउँपालिकामा साम्बाले रकम अध्यक्ष देवीप्रसाद आचार्यलाई हस्तान्तरण गरे । एकद्वार प्रणालीमार्फत राहत वितरण गर्दा प्रभावकारी र बिपन्न वर्गका नागरिकहरूले राहत पाउने साम्बाले बताए ।
यस्तै झापा दमकको जेएण्डजे निर्माण सेवाले पनि शुक्रबार मिक्लाजुङ गाउँपालिकालाई दुई लाख रुपैया हस्तान्तरण गरेको छ । निर्माण सेवाका राजकुमार थापाले अध्यक्ष आचार्यलाई हस्तान्तरण गरेका हुन् । यस वर्ष मिक्लाजुङ गाउँपालिकाको खोलाजन्य पदार्थको ठेक्का जेएण्डजे निर्माण सेवाले पाएको छ ।