धरान  / प्रदेश १ मा ३ हजार ३१ जना क्वारेनइनमा बसेका छन् । प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कले जनाएको छ ।
होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बुधबार ३३ क्वारेन्टाइन बेड थपिएको छ । आइसोलेसन बेडको संख्या ४ सय ३२ छ । आइसोलेसनमा बेडमा बस्नेको संख्या १० छ । आइसोलेसनबाट ८ महिला र १४ पुरुष डिस्चार्ज भएका छन् । क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसन स्थलको मापदण्डमा समेत प्रदेश सरकारले कडाई गर्न शुरु गरेको छ । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।
तोकिएको मापदण्ड पुरा गर्न सरकारले कडाइ थालेको हो । सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आइसोलेसन मापदण्ड बमोजिम नभएको पाइएपछि घटाएको हो । स्थानीय रुपमा पालिकाहरुमा निर्माण भएको आइसोलेसन स्थल र बेडको विषयमा सरकारले चासो लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सूचना डेस्कले जनाएको छ ।
प्रदेश १ मा हालसम्म १ सय ४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ३ जनाको रिर्पोट नेगोटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २९ महिला र १ सय १६ पुरुष थिए । ३० महिलासहित १ सय ३ जनाको पुरुषको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । अन्यको भने रिर्पोट आउन बाँकी छ ।