एजेन्सी /  जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोभिड-१९ले  १८० भन्दा धेरै देश तथा भूभागमा फैलिसकेको छ। तर केहीयस्ता देश पनि छन जहाँ हालसम्म संक्रमण पुगेको छन् ।

विहीबारविहानसम्म सम्म विश्वभरि १५ लाखभन्दा बढी मानिस कोभिड १९ बाट पीडित भएका र ८४ हजार भन्दा बढिको त्यु भएको छ । तीन लाख ३० हजार हाराहारीमा निको भएका छन्। यस्तो महामारीमा विश्वभरि ४० वटा ठाउँमा भने सुरक्षित छन् ।

ओलन्ड द्वीप, अमेरिकन समोआ, एन्टार्क्टिका, बनेअर, सिन्ट अस्टाशियस एन्ड साबा, बूभे द्वीप, ब्रिटिश हिन्द महासागर क्षेत्र, क्रिस्मस द्वीप, कोकोस (कीलिङ) द्वीप, कमरोज, कूक द्वीप, फ्रेन्च सदर्न टेरिटरीज, हर्ड एन्ड म्याक्डोनल्ड्स द्वीप, किरबाटी, लसूटू, मार्शल द्वीप माइक्रोनेशिया, नाउरु, नीयूए, नोर्फक द्वीप, उत्तर कोरिया, पलाउ, पिट्केअर्न द्वीप, सेन्ट हलिना, सेन्ट पिएर तथा मिकेलन द्वीप, समोआ सोलोमन द्वीप, साउथ जोर्जा तथा साउथ स्यान्ड्विच, स्प्र्याट्ली द्वीप स्वाल्बार तथा जेन मेअन द्वीप, ताजिकिस्तान, टोकलाउ, टोङ्गा, तुर्क्मेनिस्तान, टूभालू, यूएस माइनर आउट्लाइङ आईलन्ड्स, भानुआटु, वालिस एन्ड फुटुना आईलन्ड्स, येमनमा हालसम्म संक्रमण देखिएको छैन् ।

टूभालूजस्ता द्वीपमा जनसङ्ख्या कम छ र धेरै मानिसको आउजाउ छैन। केही अरू स्थान भने पर्यटकीय क्षेत्र हुन्। तर विश्वभरि यात्रामा प्रतिबन्ध लागेको हुनाले बाहिरबाट त्यहाँ नयाँ मानिस पुगेका छैनन्। त्यस कारण पनि संक्रमण फैलिन पाएको छैन् ।