धरान / विश्व स्थास्थ्य संगठनले कोभिड १९ का विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपको खण्डन गरेको छ ।
महानिर्देशक टेड्रोस अधानोम घेब्रेयीससले पत्रकारसम्मलेनमा भने ‘ कृपया, राष्ट्रियस्तरको एकता कायम गरौं , कोभिड १९ लाई राजनीतिकरण नगरौं । र विश्वव्यापी एकतामा इमान्दार बनौं र चीन र अमेरिकाको नेतृत्वप्रति इमान्दार बनौं । ’
उनले आफू ब्यक्तिगत रुपमा आक्रमणको शिकार भइरहेको र हत्याको सम्म धम्कीबाट गुज्रिरहेको उल्लेख गरे । तर उनका अनुसार उनको मतलब भनेको जीवन बचाउनु हो, उनी भन्छन् , – ‘ कृपया कोभिड १९ को राजनीतिकरणको क्वारेण्टाइन नगरौं ।’ नियमित हुने पत्रकार भेटघाटमा उनले त्यस्तो चेतावनी दिएका हुन् ।
सबै राजनीतिक दलको ध्यान आफना जनताको बचाउ गर्नुमा केन्द्रित रहनु पर्ने उनले बताए । ‘ उनले भने कृपया –‘यो भाइरसलाई राजनीतिककरण नगरौं । यदी हामी एकाकार हुनसकेनौ भने यो भन्दा भयावह स्थिति नआउला भन्न सकिन्न । ’
‘त्यसकारण हामी जे चाहन्छौं , हामी व्यक्तिगत आक्रमणलाई मतलब राख्दैनौं । हामी अनावश्यक तरीकाले प्रत्येक मिनटमा खेर गएको जीवनको मतलब राख्छौं , किनभने हामीले हाम्रो साझा शत्रु विरुद्ध लडन् एकताको शक्तिलाई बुझिरहेका छैनौं ’
उनी थप्छन् कुनै पनि मुलुकले एकअर्काप्रति औला ठड्याएर समय बर्बाद गर्नु हुदैन , उनको यो भनाई विश्व स्वास्थ्य संगठनको आलोचना गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पप्रति लक्षित थियो ।
उनले बिफर उन्मुलन अभियानमा अमेरिका र तत्कालिन सोभियत संघले एकजुट भएर खेलेको भूमिकालाई सम्झिदै विश्वभरिका नेतृत्वहरुलाई उनीहरुबीच रहेको दूरीको फाइदा उठाउने मौका भाइरसले नपाओस भन्ने अनुरोध गरे ।
अमेरिका र चिन यो भाइरस विरुद्ध लडाई लड्न एकजुट हुनुपर्ने भएको छ । जी ट्वेण्टी राष्ट्र एकठाउँमा आउनु पर्ने भएको छ । यो भाइरस खतरनाक छ । यदी हामीले यसो गरेनौ भने हाम्रा सामुन्ने अनगिन्ति लासका थुप्राहरु हुनेछन् ।
उनले सदस्य राष्ट्रहरुलाई अहिलेको अवस्थामा विगतको भन्दा बढी नै मात्रामा बढी स्वतन्त्र र एकजुट हुन अनुरोध गर्दै भन्छन् –‘ हामीले विश्व भरिका ६० हजार भन्दा बढी मानिसको ज्यान गुमाएका छौं । हाम्रा लागि प्रत्येक व्यक्ति प्रिय हुन् चाहे वृद्ध हुन् वा युवा हुन् । १० लाख भन्दा बढी कोरोना केस आएको छ , हामी के गरिरहेका छौं । यो नै पर्याप्त होइन र कुरा बुझ्न , यो पर्याप्त हो । एकैजनाको मृत्यु पनि विपत्ति हो जसलाई हामी रोक्न सक्छौं । ’
नेताहरुलाई यो भाइरस खतरनाक छ र यसका अनेको अज्ञात पक्ष्ँहरु रहेको कुरा उल्लेख गर्दै उनले सरकारहरुलाई आगोसँग नखेल्न अनुरोध गरे । ‘ धनी राष्ट्रहरु पनि चकित भएका छन् , र हामी अहिले अफ्रिकाप्रति चिन्तित छौं । ’ उनले भने । उनले विश्व स्वास्थ्य संगठनमा हिजो विगतमा अमेरिकाले पु¥याएको योगदानप्रति धन्यवाद दिंदै विगत जस्तै आज पनि उसको योगदान जारी रहने कुरामा विश्वस्त भएको उल्लेख गरे ।
मंगलबारको पत्रकार भेटघाटमा ट्रम्पले विश्व स्वास्थ्य संगठन चिनमुखी भएको आरोप लगाएका थिए । त्यसैगरी युरोपका वैज्ञानिकहरुले कोभिड १९ को खोपको परिक्षण अफ्रिकामा गर्नुपर्छ भन्दा घेब्रेयीससले सो कुराको प्रतिवाद गर्दै खोपको परीक्षण आवश्यकता अनुसार जहाँ र जुनसुकै देशमा पो गर्नुपर्छ, यसलाई रंगभेदी नीतिको संज्ञा दिंदै उनले यसको स्पष्ट प्रतिवाद गरेका थिए ।