विसं २०७६ चैत २७। बिहीवार। इ। २०२० अप्रिल ९। नेसं ११४० चौलागा। वैशाख कृष्णपक्ष। प्रतिपदा, ६स्२९ बजेदेखि द्वितीया, २८ः१३ उप्रान्त तृतीया।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समाजको नेतृत्व बहन गर्नुपर्ने समय छ । नया“ मित्र बन्ने र उनीहरुबाट आवश्यक सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः सरकारी तथा गैर सरकारी माध्यमको जागीरमा खासै नराम्रो छैन । आफ्नो क्षमताले भ्याएसम्म काम गर्दा नै फलिफाप होला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः खर्च अलि बढी हुने खालको समय छ । पारिवारीक झमेला आइलाग्न सक्छ । तपाईको सोच विपरित काम हुनाले दिक्क लाग्न सक्छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः लेखन प्रकाशनस“ग सम्बन्धित कामबाट इज्यत बढ्नेछ । अरुको सहयोगले तपाईलाई अगाडी बढ्न प्रेरीत गर्नेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः समय सामान्य खालको छ । विछोडको पीडाले मानसिक अस्थिरता ल्याउला । वैदेशिक रोजगारीको लागि भने उपयुक्त समय मान्न सकिन्छ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः सुनचा“दी लगायत यस्तै खनिज धातुको व्यवसायबाट राम्रो आय आर्जन होला । छोटो यात्रा हुनसक्ने सम्भावना छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः रमाइलो समय छ । पारिवारीक जीवनमा पनि आनन्दको अनुभूति होला । सामाजिक सा“स्कृतिक जस्ता कामको दायित्व बढ्नेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः आज शरीर केहि अल्छी होला जस्तो छ । केही गरिहाल्ने मानसिकता बन्न कठिन छ । धैर्य भएर काम गर्नु होला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः शारीरिक कष्ट हुनसक्छ । शिर सम्बन्धि समस्याले सताउनेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला, त्यति राम्रो समय छैन ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः साथीभाइको लहैलहैमा नराम्रो कार्यतिर मन जान सक्छ । आफूलाई सम्हालेर काम गर्नु होला । समय त्यति अनुकूल छैन ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः पढाइ लेखाइमा खासै मन जाने देखिन्न । गरिराखेकै कामबाट धेरथोर आम्दानी भइरहला । यात्रा गर्ने अनुकूल वातावरण बन्ला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः आम्दानी सामान्य खालको होला । व्यवहारिक कठिनाइ आइलाग्न सक्छ । घाउचोट लाग्न सक्ने प्रवल सम्भावना छ ।