उर्लाबारी/उर्लाबारी नगरपालिकाले लकडाउनको अवधिमा दैनिक उपभोग्य सामाग्री सहितका पसल खुल्ने समय परिवर्तन गरेको छ ।

दिनमा दुई पटक पसल खोल्दा बजारमा भीडभाड बढेकाले एक पटक मात्र खोल्ने निर्णय गरेको हो ।

मंगलबार नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बसेको बैठकले अति आवश्यक सेवा एवं दैनिक उपभोग्य सामाग्री खरिद बिक्री गर्ने पसलहरू दैनिक बिहान ६–१० बजेसम्म मात्र खुल्ने निर्णय गरेको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताए ।

बैठकले पसल खोल्ने निर्णय परिवर्तन सँगै लकडाउनको अवधिमा नगरमा विभिन्न धार्मिक मठ मन्दिर, गुम्बा, चर्च र मस्जिद आदिमा हुने धार्मिक तथा सामाजिक भेला गर्नसमेत नपाउने निर्णय गरेको । यसअघि चैत्र १८ गतेको कार्यपालिकाको बैठकले अति आवश्यक तथा दैनिक उपभोग्य सामाग्रीका पसलहरू  दैनिक बिहान ७ देखि ९ र बेलुका ४ बजेदेखि ७ सम्म खोल्ने निर्णय गरेको थियो ।