विराटनगर । लकडाउनले समस्यमा परेका विरामी र कुरुवाहरूलाई श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले एक सातादेखि निःशुल्क साहाकारी भोजन गराउदै आएको छ ।

परिषदले विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना भएका विरामी र उनीहरूका आफन्तलाई भोजन गराएको हो ।

लकडाउनले गर्दा होटल र पसलहरू सबै बन्द भएको अवस्थमा विरामि र कुरुवालाइ दैनिक साँंझको प्याकिङ गरेको खाना खुवाउँदै आएको श्री कृष्ण प्रणामी युवा परिषद् विराटनगरका नगर अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । होेम प्याक खाना बनाएर एक सातमदेखि विरामी र कुरुवालार्इ खाना खुलाउँदै आएको उनले बताए ।