पाँचथर / यासोक÷सरकारले लकडाउनको अवधि बढाएसगै कुम्मायक गाउँपालिकाले अत्याआवश्य सामाग्रीहरुको ढुवानी गर्न थालेको छ । खाद्य संकट र अभाव टार्न गाउँपालिकाले ढुवानीलाई प्रभावकारी बनाएको हो । गाउँपालिकाले खाद्यन्य, पेट्रोल, तेल, र ग्यासको आपूर्तिलाई सहज बनाएको छ । कार्यालयसँग भएका दुई वटा ट्याकटर मार्फत सामानको ढुवानीलाई अघि बढाएको हो । चामल, नुन, तेल, चिनि, दाल जस्ता अत्याआवश्यक सामाग्रीको अभाव हुन नदिन ढुवानी गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउँपालिकाको पिपलबोटे, तिङदेन, माङजाबुङको चौथी बजार लगायतका स्थानीय बजारमा अत्याआवश्यक बस्तुको आपुर्तिमा सहज बनाईएको चेम्जोङको भनाई छ ।
गाउँपालिकाको ५ वटै वडामा अत्याआवश्यक सामाग्रीको आपूुर्ति सहज बनाएकाले लकडाउनको समयमा खाद्य अभाव नहुने वडा कार्यालयहरुले जनाएका छन । व्यापारीले महामारीको समयमा कृतिम अभाव र मुल्यवृद्धि गर्न सक्ने भएकाले त्यस्तो भेटिए तत्काल गाउँपालिकामा जानकारी दिन समेत आग्रह गरेको छ । लकडाउनको समयमा अति बिपन्न र श्रमिक नागरिकलाई राहत बितरण गर्न तयारी थालिएको छ । श्रमिकलाई वितरण गर्ने खाद्य बस्तुहरुको खरिद गर्न सुचना निकाली प्रकृया अघि बढाएको कार्यालयले जनाएको छ ।