धरान । असङ्गठित क्षेत्रका मजदुरहरूलाई लक्षित गर्दै धरान उपमहानगरपालिकाले स्थापना गरेको ‘फुड बैंक’ मा ५७ हजार केजीभन्दा बढी चामल सङ्कलन भएको छ ।

धरान उपमहानगरले चैत १७ गते ‘फुड बैंक’ स्थापना गरेको थियो । फुड बैंकमा हालसम्म ५७ हजार ५ सय केजी चालम प्राप्त भइसकेको छ । हालसम्म नगरमा ४५ हजार १ सय ४५ केजी चालम वितरण भइसकेको धरान उमपहानगरपालिकाको प्रमुख तिलक राईले बताए । त्यस्तै ४ हजार १ सय २५ केजी दाल प्राप्त भएकोमध्ये ३ हजार ४ सय ९५ केजी वितरण भइसकेको छ । नुन ७ हजार ५ सय केजी संकलन भएकोमा ४ हजार २ सय ४५ वितरण भइसकेको उनले बताए ।

तेल ७ हजार ९६० लिटर प्राप्त भएकोमध्ये ४ हजार २४५ लिटर वितरण भइसकेको छ । आलु २५ हजार ९३५ केजी सङ्कलन भएकोमा १६ हजार ५८० केजी वितरण भइसकेको छ । त्यसै गरी साबुन ५० कार्टुन प्राप्त भएकोमध्ये ४ हजार २०० वटा वितरण गरिसकेको छ । न्यूटेल (स्वयाबिन) १ हजार केजी संकलन भएकोमा ७५० केजी वितरण भइसकेको छ । फुड बैंकमा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले सहयोग गरेका थिए ।

वितरणकाे अवस्था

Dharan_food_bank_fund

कोरोना राहत कोषमा १७ लाखभन्दा बढी जम्मा

धरान उपमहानगरपालिकाले कोरोनाबाट प्रभावितका लागि निर्माण गरेको ‘राहत कोषमा १७ लाख १० हजार २११ रुपैयाँ जम्मा भइसकेको छ ।

Pabson_dharan

धरानका विभिन्न सङ्घसंस्था, व्यापारी तथा व्यक्तिगत रूपमा कोषमा जम्मा गरेका छन् । सोही कोषमा रकम जम्मा गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारीहरूलाई चैत २३ गते निवेदन गरिएको पत्राचार गरेको थियो । जसका कारण धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको तीव्र आलोचना भएको थियो । सामाजिक सञ्जालहरूमा आलोचना खेपेका राईले भने, ‘फेसबुकमा आएका कुरा व्यक्तिगत हुन्, आधिकारिक होइनन् ।’

press_meet_dharan

उनका अनुसार बीपी प्रतिष्ठानमा पठाएको पत्रका विष्यमा थप स्पष्ट पार्दै भने, ‘बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले नै सहयोग गर्न तयार छौं । तर, नगरपालिकाबाट आधिकारिक पत्र आए हाम्रा लागि सहज हुन्छ भनेका हुनाले पत्र पठाइएको हो, त्यो स्वेच्छिक हो, अनिवार्य होइन ।’ बीपी प्रतिष्ठानमा पठाइएको पत्रका विषयमा नेपाली काङ्ग्रेसका नेता तथा सांसद् मीन विकले पनि तत्काल निर्णय फिर्ता लिन फेसबुकमा निर्देशन दिएका थिए ।

राहत काेषमा रकम सहयाेग गर्नेकाे नामावली

rahat_fund_dharan