बिर्तामोड । जंगलबाट दाउरा ल्याउने क्रममा अरिङगालले टोक्दा एकजना महिला घाइते भएकी छन् ।
शिबसताक्षी नगरपालिका १० मा रहेको रतुवामाई बनबाट दाउरा लिएर फर्किदै गरेको अवस्थामा अरिङगालले टोक्दा सोही स्थानकी ६० बर्षीया सोममाया राई घाइते भएकी हुन् । सुकुम्वासी टोल बस्ने राइलाई २५÷३० वटा अरिङगालले टोकेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी माइधारले उनको उद्दार गरी उपचारका लागि मेची अस्पताल भद्रपुर पठाएको छ ।