उर्लाबारी / उर्लाबारी नगरपालिकाले लकडाउनका कारण प्रभावित बनेका नगरका सवै वडामा राहत वितरण गरिसकेको छ । वडा कार्यालयबाट आएको सिफारिसका आधारमा नगरपालिकाको बिपद व्यवस्थापन कोषबाट ९ सय ५९ बिपन्न परिवारलाई राहत उपलब्ध गराएको नगर प्रमुख एवं विपत व्यवस्थापन कोषका संयोजक खड्ग फागोले बताएका छन ।

नगरपालिकाले दुई जनासम्म भएको परिवारलाई १५ केजी र सो भन्दा बढी संख्या परिवारलाई ३० केजीका दरले चामलसहितका अन्य खाद्यान्न उपलब्ध गराएको हो । नगरले २ र ५ नं. वडा बाहेक अन्य वडामा एक–एक सय परिवार, २ नं. वडामा ९९ र ५ नं. वडामा ५९ एवं अन्य आपतकालिन अवस्थामा १ सय १ परिवार लागि राहत उपलब्ध गराएको नगर प्रमुख फागोले बताएका छन ।
नगरपालिकाबाट प्राप्त भएको राहतलाई टोल टोलमा पु¥याएर विपन्न परिवारलाई उपलब्ध गराएको वडा नं.–६ का अध्यक्ष चिन्तामणी पौडेलले बताए ।