Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • के गर्दैंछन् हाम्रा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

के गर्दैंछन् हाम्रा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल यस्ताे छ स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे दैनिकी

alt
  • चैत २४, २०७६
  • शरद शर्मा / /रासस
 
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको आज चौधौँ (१४) दिन हो । लकडाउनको १४औँ दिन पुग्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको पनि दैनिकी बद्लिएको छ ।
अरू कार्यालयहरू प्राय बन्द छन् । उनी भने मन्त्रालयमा गएर त्यहाँका कर्मचारीसँग छलफल गर्ने मात्र नभएर कोभिड–१९ नियन्त्रणका लागि के गर्न सकिन्छ, त्यसमा स्वास्थ्यविज्ञसँग निरन्तर छलफलमा केन्द्रित हुने गरेको छ । बिहानदेखि रातिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर सरोकारवाला मन्त्री तथा चिकित्सक र स्वास्थ्यकर्मीसँग कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अपनाइने विभिन्न विषयमा नियमित संवादमा हुन्छन् । 
मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ को नियन्त्रण तथा प्रतिकार्यका लागि बनेको सङ्कट व्यवस्थापन समितिको सदस्यका रुपमा रहेका छन् । ती समितिको बैठकमा पनि उनी अनिवार्य सहभागी भएर कोभिड–१९ को न्यूनीरकण तथा नियन्त्रणका लागि सरकारले चाल्नु पर्ने कदमबारे छलफल गर्छन् । 
विभागीय मन्त्री भएकाले पनि उनको जिम्मेवारी अहिले बढेकाले पनि उनी अहिले बढी खट्ने उनका स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिए । “लकडाउन भएपछि उहाँको दैनिकी फेरिएको छ”, मन्त्री ढकालको भतिजा सौगात ढकालले भने ।  “बिहानदेखि साँझसम्म कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आयोजित बैठकमा व्यस्त हुुनुहन्छ ।” लकडाउनसँगै उनको दैनिकमा आएको परिवर्तनले उनको साँझको खाने र सुत्ने समय निश्चित छैन । बिहान भने सधैँ ८ बजे खाना खानुहुन्छ । “बिहानको खाना भने समयमा नै खानुहुन्छ । त्यसपछि दिउँसो खाजा र रातिको खानाको निश्चित हुँदैन”, उनका भतिजा ढकालले भने ।  “मन्त्री निवास पुगेपछि सबैसँग फोन संवाद गर्दा उहाँको रातिको १२ बज्छ । त्यसपछि मात्र सुत्नुहुन्छ ।” राति सुत्नुभन्दा अगाडि कोभिड–१९ का सन्दर्भमा सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रिया हेर्छन। मन्त्री ढकालले अचेल साढे ८ देखि ९ बजेको बीचमा मन्त्रालय पुगिसक्छन । बिहान मन्त्रालय पुगेपछि सचिव यादव कोइराला विभागी प्रमुख, आफ्ना सचिवालयका सदस्य र चिकित्सकसँगको छलफलमा एक छिन ब्रिफिङ सुनेर सिंहदरबारमा हुने महत्वपूर्ण बैठकमा सहभागी हुने गरेका छन । आकस्मिक बैठकबाहेक उनी मन्त्रालयमा नै रहन्छन । । मन्त्रालयमा बस्दा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, चिकित्सक तथा सञ्चरकर्मीसँग व्यस्त हुनुपरेको स्वकीय सचिव खतिवडाले बताएइ ।
 
नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले पनि मन्त्री ढकाललाई थप चुनौती थपिएको छ । विदेशबाट आएकाबाट केही दिनअघि एक जनामा सङ्क्रमण (सोसल ट्रान्समिसन) भेटिएपछि उनले अब कसरी यसलाई रोक्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर लाग्नुभएको मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले बताए । “अहिले उहाँको कसैसँग पनि राजनीतिक कुरा हुँदैन”, खितवडाले भने ।  “कसरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनेर मात्र उहाँको ध्यान केन्द्रित भएको छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर फोन संवाद र आवश्यक परे प्रधानमन्त्री निवास बालुवाटारमा समेत उहाँ जाने गर्छन । उनको दैनिकजसो बैठकबाहेक दिनमा एकपटक कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट्छन भने दिनमा आवश्यकताअनुसार उहाँसँग फोनमा पनि संवादमा हुन्छन् । 
यसैगरी उनी अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामवहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग पनि नियमित समन्वय र सम्पर्कमा रहन्छन । दिनभरीको व्यस्ततापछि राति ९ बजेतिर मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेका विभिन्न समितिका संयोजकसँग व्रिफिङ सुन्छन । 
वैदेशिक समन्वय, आपूर्ति व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, सूचना व्यवस्थापन, कर्मचारी व्यवस्थापनका संयोजकसँग भएका दैनिक प्रगतिबारे उनले आफैं फोन गरेर व्रिफिङ लिने गरेका छन ।  मन्त्री ढकालले मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीसँग पनि नियमित छलफलमा हुन्छन् । यसैगरी आज पनि सोमबार लकडाउनका १४औ दिन उनी बिहान ९ बजे नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।
त्यो कार्यक्रम सकिएलगत्तै उनी शुक्रबार र आइतबार कोरोना हब अस्पतालका लागि तोकिएका छ वटा अस्पतालको अनुगमन प्रगतिका बारेमा विफ्रिङ लिए ।
त्यसपछि मन्त्री ढकालले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा १०ः३० बजे सिंहदरबार पुगे । समितिको बैठक सकेर पुनःरक्षामन्त्रालयमा औषधिजन्य खरिदबारे रक्षामन्त्री पोखरेलसँग अर्को बैठकमा सहभागी भए । मन्त्री ढकालले त्यो बैठक सकेर पुनःप्रधानमन्त्री निवास बालुवाटारमा २ बजे मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।
सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
राजनीतिक अन्यौलतालाई दलहरूले सहज निकास नदिए अर्को सङ्कट आउन सक्छ: बौद्धिक वर्ग
बादल मडारिँदा किसान त्रासमा
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
जङ्गलमा कार लगेर चालकद्वारा आगजनी
‘मुन्धुम यक्’ पुग्ने मुन्धुम पदमार्ग
बैङ्किङ सेवाका प्रणालीगत कमजोरी सुधारौं
आजको राशिफलः २०८२ साल कात्तिक १४ गते शुक्रबार
बैङ्कका कारण मानसिक तनावमा ऋणी
अदालतको नक्कली कागजपत्र खडाः जागिरको सूचना आह्वान गरी ठगी धन्दा
यो बेला सोचेर सरकार अगाडि बढोस्
आजको राशिफलः २०८२ साल कात्तिक १३ गते बिहीबार
विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गरौँ
काठमा अनियमितताबारे अख्तियारलाई ध्यानाकर्षण
स्वास्थ्य सामग्री चोरी
झापामा एक सातामा १८ जना हराए, १० जना अझै सम्पर्कविहीन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved