धरान। धरान उपमहानगरपालिका वडा नम्बर ११ ले आइतबार पाँच सय बिपन्न परिवारलाइ राहत बितरण गरेको छ। वडामा रहेका बिपन्न परिवार पहिचान गरि उनिहरुलाई राहत बितरण गरिएको हो।

बिपन्न परिवार पहिचानका लागी जननिर्वाचित वडा सदस्यहरुलाइ जिम्मेवारी प्रदान गरिएको थियो। राहत प्याकेजमा १० केजी  चामल, १ केजि दाल, २ केजि आलु, १ केजि नुन, आधा लिटर तेल र एउटा साबुन बितरण गरिएको थियो। ११ नम्बर वडाबाट ४ सय तेत्तीस बिपन्न परिवारको नाम उपमहानगरपालिकामा बुझाइएता पनि उपमहानगरले ३ सय पचास घर परिवारका लागी मात्र रहत पठाएको वडा अध्यक्ष बाबुलाल लामाले बताए।

नपुग एक सय पचास घर परिवारलाइ सोहि वडा निवासी भद्रमान गुरुङ, कृतिमान गुरुङ, ङावालप्टु शेर्पा, दिपराज राईबाट जनही एक सय केजी र नेपाली काङ्ग्रेस धरान ११ का सभापती लोकेन्द्र फागो लिम्बु तथा धरान ११ सयपत्री चोक स्थित प्रगतिशील टोल बिकाश समितिबाट ५०-५० केजीी सहयाेग गरे पछि अन्यलाई पनि वितरण गरिएकाे थियाे ।

 राहत लिन आएका दुइ सय जनालाई वडा नम्बर ११ कै सरिन खिङ्वा तामाङले  माक्स समेत बितरण गरिन । राहत लिन आएकाहरुले सामाजिक दुरि पालना नगरिएको र माक्स समेत नलगाएको- वडा अध्यक्ष तामाङले बताए । अवका दिनमा व्यस्थित बनाउने अध्यक्ष तामाङले बताए ।