देश र जनता रक्षाका लागि उनीहरुको भूमीका महत्वपूर्ण थियो । यति बेला विश्वमा कोराना महामारी फैलिएको छ । विश्वका झण्डै  १० लाख मानिसमा कोरोना संक्रमण फैलिएको छ भने ६० हजार मानिसको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले दोश्रो विश्व युद्ध पछिको भयंकर महामारी भएको घोषणा गरिसकेको अवस्थामा यो महामारीबाट देशका जनता बचाउने मुख्य भूमिका ती देशका चिकित्सकहरुको काँधमा आएको छ ।  सन् १९४५ मा भएको दोश्रो विश्व युद्धमा सम्बन्धित देशका शैनिक जिम्मेवार थिए ।  युद्धका शैनिक र कोरोना महामारीको बेलाका चिकित्सक जिम्मेवार भए मात्र युद्ध जित्न सम्भव छ ।

मानविय चेतना भएका चिकित्सकहरुबाट मात्र यो महामारी नियन्त्रण सम्भव छ । हामी युद्धका शैनिकहरुको अभिभावक भनेको राज्यका निकायका मन्त्री नेता हुन । उनीहरुको सही मार्ग निर्देशन, हौसला, प्रशंसा चिकित्सकहरुलाई यति बेला आवश्यक छ ।
वास्तावमा यो महामारी विगतमा सिकेर, हेरेर यति बेला व्यवस्थापन गर्ने कुरा होइन । वर्तमानमा सिक्दैं, काम गदैं व्यवस्थापन गर्ने कुरा हो । के मात्रै सिक्न सकिन्छ भने कोरोनाको जन्मस्थल वहान र बढि संक्रमित मुलुकहरुले कसरी व्यवस्थापन गदैंछन् । त्यसबाट भने हामीले राम्रो कुरा सिक्ने हो । यो महामारी नियन्त्रणका लागि कुनै पनि निर्धारित कुरा छैनन् । यसकारण नेपालमा नियन्त्रणका लागि प्राविधिक, चिकित्सक, नर्स, पत्रकार राजनीतिककर्मी विच निरन्तर सम्बाद जरुरी छ । यसको निरन्तरता दिन तीनै तहका सरकार जिम्मेवार हुनु पर्छ । यस्तो सम्बाद बन्न सकेन भने राज्यले महामारीविरुद्धको लडाई जित्न सक्दैंन ।

देश भरी चिकित्सकहरुको गुनासो आइरहेको छ । कतै पीपीई छैन् । कतै के छैन् कतै के छैन भन्ने समाचारहरु पनि आइरहको छ । विश्व नै संकटमा परेको बेला आवश्यकीय बस्तुको अभाव स्वभाविक हो । तर यस्तो बेला अनेक अभाव देखाएर चिकित्सकहरु आफ्नो जिम्मेवारीबाट पन्छनु खोज्नु किमार्थ उचित हुदैंन् । भएको जनशक्ति, साधन र श्रोतलाई उच्चतम प्रयोग गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्दछ ।
यद्यपी चिकित्सकहरुको मनोवल बढाउन भने राज्य चुक्नु हुदैंन । राज्यको श्रोत अनुसारको सेवा सुविधा दिएर जनशक्तिलाई प्रयोग गर्नु पर्छ । राज्यका मन्त्री, कर्मचारी, नागरिक समाजले चिकित्सकहरुलाई मनोवल बढाउन जिम्मेवार भूमिका निर्वाह गर्नु पर्छ ।
यो कुरा भुल्नुहुदैंन की चिकित्सकको कुसलता, सकृयताबाट मात्र महामारी रोक्न सम्भव छ । मनोवल उच्च राख्न सरकारले प्रयाप्त सुरक्षा व्यवस्थापन गर्नु पर्छ । राज्यको सबै श्रोत साधानलाई कुसलतापूर्वक प्रयोग गरि यो महामारी रोग्नु पर्छ । यसका लागि आम नागरिक, पेसाकर्मी, चिकित्सक, सुरक्षाकर्मी हातेमालो गरेर अघि बढ्नु पर्छ । सरकारले गरेको लकडाउनको पालना गरेर नेपालमा महामारी आउन नदिन सबै नागरिक सचेत हुनु पर्छ । यसैमा सबैको कल्याण छ ।

(विभागीय प्रमुख, स्त्री राेग तथा प्रसुती विभाग, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान )