सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा एक पक्की घरमा आगलागी हुँदा लाँखौ मुल्य बाराबरको समान्न जलेर नस्ट भएको छ ।

कल्याणपुर नगरपालिका वडा नं. ११ का स्थानीय नेकपाका नेता बासुदेव ठाकुरको घरमा गएराति आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । आगलागीमा परेर घरभित्र रहेको भैँसी र गोरु जलेर घाइते भएको हो । साथै घरभित्रै रहेको स ४ प ४४२५ नम्बरको हिरोहोण्डा कम्पनिको सुपर स्प्लेन्डर मोटरसाइकल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जनाएको छ ।

आगलागी हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिको सहयोगमा आगोलाई नियन्त्रणमा लिएका थिए । पक्की घर भएकाले थप क्षति हुनबाट जोगिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) जैसवारले बताए । (डिएसपी) जैसवारले भने आगलगी घटनाको थप अनुसन्धान भइरहेको छ ।

यता, घरधनी बासुदेव ठाकुरले भने कसैले पेट्रोल छर्केर आगो लगाएको दावी गरेका छन् । घरका सबैजना सुतिरहेका बेला पेट्रोल छर्केर अज्ञात समुहले आगो लगाएको ठाकुरले बताए । साथै नेकपाका स्थानीय नेता ठाकुरको घरमा विपक्षीहरुले योजना बनाएर आगो लगाएको युवासंघ नेपालका केन्द्रिय सदस्य बैधनाथ साहले आरोप लगाएका छ्न ।