कालाबञ्जार । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का अति विपन्न ८० परिवारलाई घरमै पुगेर विहिवार देखि राहत सामाग्री वितरण कार्यक्रम सुरु  गरिएको छ ।
 
अहिले देशमा लकडाउन रहेको र यस समयमा वडाका अति विपन्न परिवारहरूलाई खानपिनमा समस्या हुने भन्दै राहतस्वरूप प्रति परिवार २५ केजी चामल, २ केजी भुजा, ३ केजी चिउरा, १ केजी नुन, १ लिटर खानेतेल, तरकारी, मस्यौरा, साबुनलगायतका खाद्यान्न तथा घरायसी वस्तु वितरण गरिएको बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ३ काे वठाध्यक्ष रुद्र दाहालले बताए । नेपाल सरकार बाट राहत वितरण ढिलाइ हुने भएकोले अति विपन्न परिवारलाई राहत वितरण हामीले गरेका हाैँ । 
 
बराहक्षेत्र ३ मा रहेका नेकपा पाटीका नगर सदस्य, वडा सदस्य र जनप्रतिनिधि लगायतसँग आर्थिक संकलन गरि नेकपा वडा नम्बर ३ कमिटीले १ लाख २१ हजार ५ सय रुपैयाँ बुधबार वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो । स्थानीय सरकार मार्फत एकद्धार प्रणालीबाट बिहीबार ५० घर र शुक्रबार ३० घर गरि जम्मा ८० परिवारलाई घरमै लगेर खाद्यान्न वितरण गरिएको वडा नम्बर ३ नेकपा कमिटीका अध्यक्ष मोहन सुबेदीले बताए । 
 
बराहक्षेत्र नगरपालिकामा पहिलो पटक वडा नम्बर ३ मा नेकपा वडा कमिटीले अर्थिक संकलन गरि वडा लाई बुझाएको थियो । ३ नम्बर वडाका जनप्रतिनिधि, वडा नम्बर ३ नेकपा कमिटी प्रतिनिधि, नेपाली कांग्रेसका तीलकबहादुर कार्की, भरौल प्रहरी चौकिका प्रमुख बिनोद दाहाल लगायतको उपस्थितिमा सो परिवारको घरमै गएर राहत वितरण गरेको वडा सचिव निलम कार्कीले बताए ।