संखुवाभसा । खाँदबारी नगरपालिकाको वडा नम्बर ३ ले आज लकडाउनले समस्या परेकाहरुलाई राहत स्वरुप खाद्यन्नवितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रम गरी दैनिक ज्यादारी गर्नेहरु कोरोना भाइरसका कारण गरिएको लकडानले खाद्यन्नबाट बन्चित हुन नदिन चामल सहितको खाद्यन्न वितरण गरिएको वडा अध्यक्ष भरत घिमिरेले जानकारी दिए ।

वडा नंं. ३ कामजदुर, अश्रित परिवार, निम्न आयश्रोत भएका १ सय ५ परिवारलाई राहत सामाग्री वितरण गरिएको वडा अध्यक्ष घिमिरे बताए । प्रति परिवार ४ जना भएकालाई १० केजी चामल र ४ जना भन्दा माथी परिवार भएकालाई १५ केजी चामलका साथमा नुन, तेल, न्युटेला सहितको राहात सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । खाँदबारी नगरपालिकाको वडा स्थतरमा पहिलो चरण जनचेतनाको कार्यक्रम र दोस्रो चरण राहात वितरणको काम भइरहेको छ ।

राहात वितरण कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा, नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरे, नेपाली कांग्रेसका सभापति दिपनकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्षइन्द्र गिरि लगायतको उस्थिति रहेको थियो । राहात वितरण कार्यक्रममा बोल्दै दलका प्रमुखहरुले जनताहरुलाई कोरोना भइरसको संक्रमणबाट जोगीन अनुरोध गरेका छन् ।

लगडाउनको पुर्ण पालना गरि  सावुनपानीले हातधुने, वाहिरबाट आएका मानिसहरुसँग नजिक नहुने, परिवारमा विदेशबाट आएका कोहीभए होम क्वारेन टाइनमा राख्न अनुरोध गरेका छन् ।

अनावश्यक आवतजावत गर्ने, स्थास्थ्यमा समस्या देखिएमा तुरुन्त स्थास्थ्य संस्थामा देखाउन उनिहरुको भनाई छ । विश्वभरी फैलिएको महामारी सँग लड्न सबैले आफ्नो ठाउँबाट सक्ने सहयोग गर्न भनेका छन् ।

खाँदबारी नगरपालिकाले पहिलो प्याकेज अनुसार नगरको वडा नं. १ र ९ लाई ७५ हजार र अन्य वडालाई ५० हजारका दरले राहात सामाग्रीदिने गरि रकम छुट्याएको थियो । वडाले छनौट गरेकानिम्न स्तरका नागरिकहरुलाई खाँदबारी नगरपालिकाले राहात वितरण गरेको हो ।