बेलवारीका घरधनीद्वारा घरभाडा छुट दिने क्रम बढ्दो, बैंकहरूलाई समेत भाडा छुट

alt
  • चैत्र २१, २०७६
  • विवेक मिश्र

लक्ष्मीमार्ग । सरकारले घरवालासँग लकडाउन अवधिको घरभाडा छुट गरिदिन अनुरोध गरेसँगै मोरङको बेलवारीमा स्वस्फुर्त ढंगले घरभाडा छुट दिने घरधनीको संख्या बढ्दो क्रममा छ ।

बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर र घर भाडामा लिएर संचालन गरिएको उद्योग धन्दा, व्यापार, व्यवसाय सरकारको कोरोना भाईरस नियन्त्रणका लागी लकडाउन गर्ने निर्णयको समर्थन गरी सहयोग गर्दै पुर्ण रुपमा बन्द रहिआएका छन् ।

लकडाउनका कारण मानिसहरुको आर्थिक उपार्जनमा समस्या भएको र धेरैको व्यवसाय र रोजगारी बन्द भएको अवस्थामा घरमा भाडा बस्नेहरु लाई यस अवधिको भाडा छुट दिने घोषणा गरेका हुन् । बेलवारी १ बाट घरभाडा छुट दिनेहरुमा बेलवारी उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज थापा, भएका नितु थापा कोईराला र विकास कोईरालाको जोडि, सुरेन्द्र तामाङ बेलवारी ११ बाट पुर्ण बहादुर गुरुङ, बिजय राई, किरण कार्की, जगत बस्नेत, पुर्ण लिम्बु र रिता खड्का लगायतले चैत्र महिनाको भाडा नलिने घोषणा गरेका हुन ।

किरण कार्कीको घरमा ग्लोवल आइ.एम.इ बैक तथा अन्य व्यवसायीहरु रहेका छन् र जगत बस्नेतको घरमा सृजना फाईनान्स र एक मेडिकल रहेको छ । अरु घरधनीलाई पनि कम्तीमा एक महिनाको घरभाडा छुट गर्न प्रोत्साहन स्वरुप आफुहरुले बैंकको समेत घरभाडा छुट गरेको बताउछन् । यस्तो कोरोना संक्रमणको अवस्थामा पनि स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा दिईरहेकोले उक्त मेडिकल लाई समेत घरभाडा छुट गरेको जगत बस्नेत बताउछन् ।

बेलवारीमा स्वस्फुर्त रुपमा घरभाडा छुट दिने घरधनीको संख्या बढ्दो क्रममा छ । लकडाउन गरिएको समय देखि नेपाल सरकार र वित्तिय संस्था संचालकहरुलाई बैंक र लघुबित्त, सहकारी संस्था लगायत सबै बित्तिय संस्थाहरुबाट लिएको ऋणको ब्याज मिनाहा र घरवाला हरुले समेत लकडाउन अबधी भरको घरभाडा छुट गरिदिएर सहयोग गरिदिए धरासयी वन्दै गरेका नेपाली व्यवसायीहरुलाई केहि रहत पुग्ने बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुबेदि बताउछन् ।

 

भारतीय रुपैयाँसहित त ...

भद्रपुर / नेपालमा प्रतिबन्धित भारतीय ५ सय दरका १ लाख ४४ ...

आजको राशिफल, असार २९ ...

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ सा ...

धरानका सबै खाले व्यव ...

धरान  / धरान उपमहानगरपालिकाले सबै खाले व्यवसा ...

मेयरले पेस्की फछौंट ...

धरान  / धरान उपमहानगरपालिकाका मेयर तिलक राईको ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved