यासोक । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकाको अवरुद्ध तमोर लिफ्ट खानेपानी अयोजना संचालनमा आएको छ । आइतबारबाट अवरुद्ध भएको खानेपानी आयोजना आजबाट संचालनमा आएको हो ।

आयोजनाको ५ औं खानेपानी ट्याङकीको ट्रान्सर्फमर प्राविधिक समस्या देखा परेपछि ५ दिनदेखि योजना अवरुद्ध भएको थियो । देशभर कोरना भाइरस कोभिड १९ को महामारीबाट बच्न लक डाउन भएको अवस्थामा कुम्मायकवासीले खानेपानी समस्या भोग्दै आएका थिए । नियमित सरसरफाइमा ध्यान दिनुपर्ने यो अवस्थामा खानेपानीको समस्याको जनगुनासो बढ्न थालेपछि निर्माण कम्पनीले योजना संचालनमा ल्याएको हो ।

योजनामा पानी तान्न प्रयोग गरिएको १ सय ५० केभिएको ट्रान्सफमर्मरमा प्राविधिक समस्या देखा परेपछि ५ दिन देखि योजना अवरुद्ध भएको थियो । लक डाउनको कारण तत्काल ट्रान्सफमर्मर मर्मत गर्न प्राविधिक टोलि झिकाउन समस्या भएको थियो । उपभोक्ता समिति र निर्माण कम्पनीले विद्युत प्राधिकरण पाँचथरबाट एक महिनाको लागि १ सय केभिए क्षमताको ट्रान्सफर्मर ल्याएर जडान गरेसंगै योजना संचालनमा आएको संघीय खानेपानी ढल व्यवस्थापना आयोजना इलामका प्राविधिक ज्ञानु रिजालले बताए ।

उनका अनुसार डबल पंम्प चलाउँनको लागि १ सय ५० क्षमताको ट्रान्सर्फमर आवश्यक पथ्र्थो । तर अहिले एउटै पंम्पले पनि पानीको माग पूत्र्ति गर्ने भएकाले १ सय केभिएको ट्रान्सर्फमर तत्कालको लागि जडान गरी खानेपानी संचालनमा ल्याईएको हो रिजालले भने । उक्त टयाङ्कीबाट गाउँपालिकाको ५ वटा ट्याङकीमा खानेपानी खपत हुदै आएको थियो । ५ वटा खानेपानी ट्याङ्कीबाट गाउँपालिकाका कुल जनसंख्याको ७० प्रतिशत नागरिकले खानेपानी उपभोग गर्दै आएका छन ।

कोरना भाइरसबाट बच्नको लागि सरसफाइसंगै जोडिएको पानीको प्रयोगबाट नागरिकलाई बञ्चित नपार्ने गरी तत्काललाई समस्या समस्या समाधान गरिएको उपभोक्ता समितिले जनाएको छ ।