धरान / सरकारले हिजो साँझ निर्णय गरेर विहीबार बिहानबाटै लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटायो । यो नेपालको इतिहासमै यति धेरै मूल्य घटेको हो । नेपाल आयल निगमले तीनै किसिमका इन्धनको साबिकको मूल्यमा १० रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको छ ।
यद्यपी निगमले इन्धनको मूल्य घटाए पनि आम नेपाली जनता त्यसको लाभ लिन पाएका छैनन् ।

विश्वभरी फैलिएको कोराना भाइसरको त्रासले नेपाल पनि १० दिनदेखि लकडाउनमा छ । लकडाउनको अवधीका मुलुक भरीका सार्वजनिक तथा निजी यातायातका सवारी साधन ठप्प छन् । इन्धनको विक्रि नै यति बेला ठप्प भएको बेला सरकारको निर्णयले लाभग्राहीलाई फाइदा छैन् ।

निगमले ५ रुपैयाँ प्रतिलिटरभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य घटबढ गरेमा सवारी भाडासमेत समायोजन गर्नु पर्ने हुन्छ । तर यति बेला सार्वजनिक सवारीहरु नै चलेका छैन् । अव लकडाउन खुले पछि सार्वजनिक यातायात व्यवसायीहरुले भाडा घटाउछन् या घटाउदैंनन् हेर्न वाँकी छ ।