लक्ष्मीमार्ग/बेलबारी र लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिना बराबरीको सेवा सुविधा नगरपालिकाको नाममा रहेको बिपद ब्यबस्थापन कोषलाई दिने निर्णय गरेका छन् ।

बेलबारीमा ६० जना जनप्रतिनिधिहरु रहेका छन् । यसैगरी छैटोे वा सोभन्दा माथिका कर्मचारीको खाइपाइ आएको १५ दिनको तलब र छैटो भन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय भएको बेलवारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बेलवारी नगरपालिकाले यस अघि नै बिपद ब्यबस्थापन कोषमा १५ लाख जम्मा गरीसकेको नगरपालिका प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहाले बताए ।

एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११मा राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण ब्याबसायि,वित्तिय संघसंस्थाहरु ,समुह तथा ब्याक्तिहरुलाई सहयोग गरीदिन समेत नगर कार्यपालिकाको वैठकले आग्रह गरेको छ । लेटाङ नगरपालीकाका जनप्रतिनिधीहरुको एक महिनाको सुविधा वापतको रकम जम्मा ६ लाख ९४ हजार रुपैया राहत कोषमा जम्मा गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए । लेटाङ नगरपालिकाका अधिकृत स्तरका कर्मचारीहरुकोे ५ दिनको तलव र सो भन्दा तल्लो तहका कर्मचारीहरुको ३ दिनको तलब समेत जम्मा गरिने लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशिल बास्तोलाले बताए ।

यो रोगवाट निम्तिएको समस्या समाधानका लागि नगरपालिकाले स्थापना गरेको नगर स्तरिय राहत कोषको नाममा राष्ट्रिय बाणिज्य बैकको शाखा कार्यालय लेटाङमा खोलिएको बैक खाता नं. २४५००००६७००१ मा ईच्छा अनुसार रकम जम्मा गर्न राजनीतीक दल , समाजसेवि , वुद्दिजिवि तथा आम नगरवासिमा आह्वान गरेका छन । नगद बैकमा र जिन्सी सामान भए वडा कार्यालयमा बुझाउन सकिने लेटाङका मेयर शंकर राई वताउछन् ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समिति समेत गठन गरीसकेको नगरपालिकाले राहत प्याकेज समेत घोषणा गरीसकेको छ । नगरपालिकाले सर्वदलिय वैठक बोलाएर नगरसमन्वय समिति गठन गरेको हो । राहतका लागि नगरपालिकाले १५ देखी २५ किलो चामल, १ किलो नुन, डेढकिलो सम्मद र एक डल्ला साबुन दिने समेत निर्णय गरेको छ । ४ जना सम्मको परिवारलाई १५ किलो तथा तहाँ भन्दा वढिको परिवारलाई २५ किलोको दरले राहत दिने बेलवारी नगरपालिकाको कार्यालयले जनाएको छ ।